Shikhar Insurance

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसङ डिजिटल प्लाजा दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले सामसङ प्लाजाबाट कन्जुमर इलेक्ट्रोनिक्सहरुको खरिदमा १५% र मोबाइल फोनको खरिदमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा कम्पनिका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank

यो सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्