Shikhar Insurance

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई ४० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १८:००
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ ।

साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Citizen Life
Kumar Bank

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्