Shikhar Insurance
National Life

प्रचण्ड सरकारले विश्वासको मत पाएपछि सेयर बजारमा अविश्वास, दुई दिनमै ६२ अंकले ओरालो

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ । प्रचण्ड सरकार आएपछि दिनहुँ जस्तो फराकिलो फड्को मारेका सेयर बजारले मंगलबार विश्वासको मत लिगेपछि भने घट्न थालेको हाे । निरन्तर रुपमा बढेको सेयर बजार प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली काँग्रेसले विश्वास गरेपछि मंगलबार सेयर बजारमा अविश्वास पैदा भएको थियो । सोहि अविश्वास बिहिबार पनि कायम रहेको छ । प्रचण्ड  सरकारले विश्वसको मत पाएपछि दुई दिनमै नेप्से परिसूचक ६२. ३७ अंकले ओरालाे लागेको हाे ।

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.०२ अंकले घटेर २,१४९.४१ को विन्दुमा झरेको छ । त्यस्तै, ठुला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ७.८९ अंकले घटेर ४११.२५ को विन्दुमा झरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार दिनभरीमा २५२ कम्पनकिो १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार रुपैयाँमा खरिदबिक्री भए । बिहिबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार नेप्से परिसूचक २१.३५ अंकले घट्दा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको २१ कम्पनीको सेयर मूल्य बढेको छ । १८४ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत र एनआइबीइल समृद्धि फण्ड–२को मूल्य ९.३० प्रतिशतले बढेको छ । गुँरास लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरुले सबैभन्दा बढी ९.१८ प्रतिशतले सेयर मूल्य गुमाएका छन् ।

बिहिबार कारोबार रकमको आधारमा शीवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको २२ करोड २० लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, रिडी पावर कम्पनीको १७ करोड ८३ लाख १० हजार, न्यादी ग्रुप पावरको १६ करोड ९४ लाख २० हजार, अपि पावर कम्पनीको १४ करोड ४ लाख ४५ हजार र अपर तामाकोशी हाइडोको १२ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूह्को परिसूचक सर्वाधिक ३.७० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्