Shikhar Insurance
National Life

विदेशबाट फर्किएर पशुपालन, मासिक ६० हजारभन्दा बढी आम्दानी

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १४:०५
Hyundai
NCELL
NIMB

कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका–७ मोतीपुरका जयलाल गिरीले पशुपालनबाट मासिक ६० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । व्यावसायिकरूपले बाख्रा, भैँसी र गाईपालन गर्दै आएका उनले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन् । सुरुआती चरणमा बाख्रा पालनबाट व्यवसाय सुरु गरेका गिरीले अहिले भैँसी, गाई र माछापालन गरी व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन् ।

उनीसँग साना र ठूला गरी २३ भैँसी, १० गाई र ३० बाख्रा छन् । व्यावसायिक पशुपालनबाट वार्षिक लाखौँ कमाइ गर्दै आएका गिरीले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए । साना र ठूला गरी ३३ भैँसी र गाई छन्, उनले भने, मासिकरूपमा खसी, बोका पनि बेच्दै आएको छु ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

रोजगारीको सिलसिलामा १२ वर्ष अरबको खाडीमा परिश्रम गरेको अनुभव कृषक गिरीसँग छ । बाह्र वर्षसम्म खाडी मुलुकमा श्रम गरेँ उनले भने, विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषिमा हात हालेको हुँ ।”

स्थानीय एक सरकारी विद्यालयको तीन बिघाभन्दा बढी जग्गा भाडामा लिएर पशुव्यावसाय गरेका गिरीले अझै लगानी थप्ने योजनामा रहेको जानकारी दिए ।

यस व्यवसायमा अहिलेसम्म २ करोड रुपैयाँ लगानी भइसकेको र कृषिमै केही गर्छु भन्ने उद्देश्यले व्यवसाय सञ्चालन गरेपनि सरकारी तवरबाट कुनै सहयोग नमिलेको उनको गुनासो थियो ।

राज्यले केही नगरे पनि ऋणमा सहुलियत दिए राम्रो हुने अपेक्षामा रहेका उनले कागती खेतीसमेत गर्न थालेका छन् । कागतीले अबको केही महिनापछि उत्पादन दिने भएको छ । गिरीसँगै श्रीमती र छोरा पनि काममा खटिँदै आएका र तीन कामदारले समेत मासिक १० हजारमा काम गर्दै आएका छन् ।

उत्पादित दूध र मासु बेच्न कुनै समस्या नरहेको उनले बताए । दूध लिन बिहानै गाडी फार्म मै आउँछ, खसी, बोका किन्न पनि व्यापारी यहीँ आउँछन् गिरीले भने, ‘बिक्री हुन्न कि भन्ने कुनै चिन्ता छैन ।”बाख्रामा उनले खरी, जमुनापारी, क्रस, वित्तल क्रस र लोकल जातका पालेका छन् । नजिकै रहेको जङ्गलमा दुई घण्टा बाख्रा चराएर अघिपछि घरायसी घाँस र दाना खुवाउने गरिएको जानकारी दिँदै गिरीले व्यावसायिकरूपमा बाख्रापालन गर्न सके मासिक हजारौँ रुपैया कमाउन सकिने बताए । भैँसी स्थानीय जातका जातका छन् । दूध दिन छाडेपछि भैँसी बेच्न समस्या नहुने देखेर व्यावसायिकरूपमै भैँसीपालन गरेको उनको भनाइ थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्