Shikhar Insurance
National Life

अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालकको सपथ, सरकार–केन्द्रिय बैंकको सम्बन्ध सुधार हुने अपेक्षा

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १२:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपग ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन अनुसार अर्थ सचिव रायाले सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् ।

रायाले अर्थमन्त्रालयका तर्फबाट राष्ट्र बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गरेपछि सरकार र केन्द्रिय बैंकको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ । यस अघि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर अर्थमन्त्रीको सम्बन्ध चिसिँदा अर्थ सचिवले समन्वयकारी भूमिका निभाउन नसकेको आरोप थियो । मन्त्री र गभर्नरको सम्बन्धमा दरार आउँदा सरकार र केन्द्रिय बैंककै सम्बन्धी िबिग्रिएको थियो जसले अर्थतन्त्रमा नकारात्मक असर गरेको आरोप लाग्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्