काठमाडौं । माघ महिनामा बैंकको ब्याजदर घटेको छ । वाणिज्य बैंकका सिईओहरुको बैठकले पुस महिनामा लागू ब्याजदर घटाएर माघ महिनामा ११५ कायम गर्ने निर्णय गरेका हुन् । राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा अर्को महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नु पर्ने प्रावधान राखेको छ ।
जसमा बैंकहरुले अघिल्लो महिनामा लागू ब्याजदरको औषतले १० प्रतिशतले थपघट गरेर ब्याजदर तोक्न पाउँछन् । नियामकीय व्यवस्था अनुसार बैंकहरुले माघ महिनामा पुस महिनामा लागू निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको बैंकर्स संघका नव निर्वाचित अध्यक्ष सुनिल केसिले बताए ।
हाल वाणिज्य बैंकहरुको मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिईरहेका छन् । साधारण बचतको ब्याजदर ७.१३३ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्