Shikhar Insurance
National Life

वर्षभरी जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपिमा दोस्रो श्रीमान्को नाम

सिंहदरबार संवाददाता
२०७९ पुष २७, बुधबार ११:१३
Hyundai
NCELL
NIMB

रोल्पा । रोल्पामा दोस्रो श्रीमान्को नामबाट नागरिकता लिने महिलाको सङ्ख्या बढ्दै गएका छन् । जिल्लामा सम्बन्धविच्छेदको सङ्ख्या बढेसँगै नागरिकतामा नाम फेर्नेको सङ्ख्या पनि बढेका हुन् ।

पहिलो श्रीमान्बाट सम्बन्धविच्छेद गरेसँगै दोस्रो विवाह गर्नेहरू नेपाली नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमान्को नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय धाउने गरेका छन् । जिप्रका रोल्पाका अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमान्को नाम हटाइ दोस्रोको नाम कायम भई १ हजार ८ सय १० वटा नागरिकता जारी भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो वर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाबाट कूल ७ हजार ३ सय ९४ वटा नयाँ नागरिकता जारी भएको थियो । यसैगरी ३ हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएको थियो । जिल्लामा वर्षभर जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपि नागरिकता पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्ने गरी आउने गरेका छन् ।

“जिल्लामा सानै उमेरमा विवाह गर्ने र उमेर पुगेसँगै सम्बन्धविच्छेद गर्ने मात्रा बढेसँगै स्थानीय तहको सिफारिससँगै नागरिकतामा पहिलो श्रीमान्को नाम हटाइ दोस्रो श्रीमान्को नाम कायम गर्नेको सङ्ख्या पनि बढिरहेको छ, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्