Shikhar Insurance

३ सयले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर

सिंहदरबार संवाददाता
२०७९ पुष २७, बुधबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाल सुन १ लाख ३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात मंगलबार तेजावी सुन १ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी भने स्थिर छ । बुधबार चाँदी अघिल्लो दिन अर्थात मंगलबारकै बराबरी १ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपालमा महासंघले अन्तरर्राष्टिय बजार मुल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्