Shikhar Insurance
National Life

नेपाल लाइफका ‘एमडीआरटी’ अचिभर्स २४३ जनालाई सम्मान

सिंहदरबार संवाददाता
२०७९ पुष २६, मंगलवार १३:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड २०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिन भित्रै सन् २०२२ को जनवरी देखि डिसेम्बर अन्तिम सम्म ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एमडीआरटी’ का लागि योग्य भएका २४३ जना अभिकर्तालाई सम्मान गरेको हो ।

कार्यक्रममा भिडियो सन्देश दिँदै कम्पनीका सिईओ प्रविण रमण पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको बताए । उनले आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताएका थिए । अभिकर्ताहरुको चौतर्फी विकाशका निम्ति कम्पनी निकै नै संबेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेकी पुर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित थिइन् ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्