काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्न बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट लगानीकर्ताहरुलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४७.५ प्रतिशतका दरले हुने आउने ७ करोड ६२ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि २.५ प्रतिशतका दरले हुन आउने ३६ लाख ८७ हजार ५ सय रुपैयाँ नगद गरी कुल ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंंकको स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्