Shikhar Insurance

४ सयले घट्यो सुनको मूल्य कतिमा हुँदै कारोबार?

सिंहदरबार संवाददाता
२०७९ पुष २६, मंगलवार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । पछिल्लो सयम बढ्दो क्रममा रहेको सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् सोमबार छापावाला सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

Citizen Life
Kumar Bank

त्यस्तै, मंगलबार तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् सोमबार तेजावी सुन १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीकोमूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तरर्राष्टिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

 

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्