Shikhar Insurance
National Life

डिप्रोक्स लघुवित्तले २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

सिंहदरबार संवाददाता
२०७९ पुष २६, मंगलवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्ताहरुलाई गत वर्षको वितरण योग्य मुनाफाबाट कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ३२५औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२ रुपैयाँको १० प्रतिशतका दरले हुन आउने १३ करोड ८७ लाख ४९ हजार ८३३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजन सहित ११.०५२६ प्रतिशतका दरले हुन आउने १५ करोड ३३ लाख ५५ हजार ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २९ करोड २१ लाख ४ हजार ९१८ रुपैयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्