Shikhar Insurance

हवाई भाडा ८८५ रुपैयाँसम्मले घट्यो, कुन गन्तव्यमा कति?

सिंहदरबार संवाददाता
२०७९ पुष २५, सोमबार १५:००
NIMB
Nabil Bank

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

सङ्घका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि ७ हजार ५१० रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार १४० रुपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा ६सय ८५ रुपैयाँ भाडा घटेर अधिकतम १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौं–सिमरामा १ सय ८० रुपैयाँ भाडा घटेको छ । त्यस्तै काठमाडौं–भद्रपुरमा ६ सय रुपैयाँ, काठमाडौं–विराटनगरमा ४ सय ८५ रुपैयाँ, काठमाडौँ–जनकपुरमा २ सय ६० रुपैयाँ, काठमाडौं–भरतपुरमा २ सय १५ रुपैयाँ र काठमाडौं–पोखरामा ३ सय २० भाडा घटेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्