Shikhar Insurance

एक दर्जन बेवारिसे सवारी साधन वर्षौंदेखि प्रहरी नियन्त्रणमा

सिंहदरबार संवाददाता
२०७९ पुष २५, सोमबार १४:३३
NIMB
Nabil Bank

सोलुखुम्बु । यहाँ वर्षौंदेखि प्रहरी नियन्त्रणमा रहेका एक दर्जन बेवारिसे सवारी साधन जीर्ण बन्दै गएका छन् । जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको एउटा बोलेरो गाडि र मोटरसाइकल गरी १२ सवारी साधन चार वर्षदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ती सवारी साधनका कुनै पनि कागजात नभएको र वर्षौंदेखि सवारी धनीसमेत सम्पर्कमा आएका छैनन् । लामो समय प्रहरी कार्यालयको खुल्ला स्थानमा राखिँदा उक्त सवारीसाधन काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।

Citizen Life
Kumar Bank

मोटरसाइकलका अधिकांश भाग घामपानीले काम नलाग्ने अवस्थामा पुगिसेका छन् । कार्यालयले लिलाम बिक्री गरी सरकारी खातामा राजस्व दाखिला गर्न पाउने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताइएको छ ।

कार्यालय परिसरमा १२ बेवारिसेसहित अन्य ३२ वटा कागजात चुस्तदुरुस्त नभएका सवारी साधन पनि वर्षौदेखि थन्किएका छन् । ट्राफिक जाँचका क्रममा चार वर्ष अघिदेखि समातिएका सवारी साधन लिन नआउँदा ती पनि कवाडमा परिणत भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्