Shikhar Insurance
National Life

समान स्वाप रेसियोमा सनराइज र लक्ष्मी बैंक ४ बजे मर्जर सम्झौता गर्दै

सिंहदरबार संवाददाता
२०७९ पुष २५, सोमबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंक र लक्ष्मी बैंकले पुस २५ गते सोमबार (आज) मर्जर सम्झौता गर्ने भएका छन् । यी बैंकहरुले समान स्वाप रेसियोमा काठमाडौंको होटल म्यारियडमा अपराह्न ४ बजे मर्जर सम्झौता गर्न लागेका हुन् ।

दुबै बैंकको संचालक समितिको बैठकले मर्जरको प्रस्ताव पाश गरे पछि आजै प्रारम्भिक सम्झौता गर्न लागिएको सनराइज बैंकका एक संचालकले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

`बोर्डले पास गरिसक्यो, ४ बजे म्यारियडमा बोलाएका छन्,` सनराइज बैंकका ती संचालकले सिंहदरबारसंग भने, ´सिइओ र अध्यक्ष कसलाई दिने भन्ने बिषयमा अझै अन्तिम टुंगो लागेको छैन् । स्वाप रेसियो भने डिडिएले ५ प्रतिशतसम्म  फरक नपारे १:१ नै कायम गर्ने सहमती भएको छ ।´

उनका अनुसार समान स्वाप रेसियोमा मर्जर सम्पन्न गरि ´लक्ष्मी सनराइज बैंक लिमिटेड´ को नामबाट एकीकृत कारोबार गर्ने सम्झौता आज हुनेछ ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। यी बैंक समान स्वाप रेसियोमा मर्ज हुँदा चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्