Shikhar Insurance

सुनको मूल्य १ लाख ३ हजार ९ सय, चाँदी कति?

सिंहदरबार संवाददाता
२०७९ पुष २५, सोमबार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सुनचाँदीको मुल्य बढेको छ । सोमबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Citizen Life
Kumar Bank

त्यसैगरी, तेजावी सुनको मूल्य पनि प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ४ सय रुपैयाा कायम भएको छ अघिल्लो दिन तेजावी सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयामा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारेबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ३ सय ९० रुपैयाँमा खरिबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीमो मूल्य निर्धारण गर्छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८७५.९५ डलर छ भने चाँदी प्रतिऔंस २३.९७ डलरमा छ। आइतबार सुन प्रतिऔंस १८६६.१३ डलर र चाँदी २३.८४ डलरमा कारोबार भएको थियो ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्