काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संसारभरी नै मन्दीको वातावरण सिर्जना भएको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा गभर्नर अधिकारीले सन् २०२१ को तुलनामा सन् २०२२ मा विश्व अर्थतन्त्र संकुचित भएको र यो वर्ष थप संकुचित हुने बताएका हुन् ।
‘संसार मन्दीको वातावरणमा गएको छ, सन् २०२१मा विश्वको आर्थिक वृद्धि ६ प्रतिशत थियो, त्योभन्दा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भयो भने सन् २०२३ मा ३ प्रतिशतमात्रै हुने प्रक्षेपण भएका छन्,’ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘त्यसको बाछिटा नेपालमा पनि परेको छ । निर्माण व्यवसायमा सिक्षित छ, त्यस क्षेत्रको शिथिलताले अरू विषयमा छुँदै गएको छ।’
यस वर्ष मुलुकलाई थप आर्थिक संकट तर्फ धकेलिनबाट जोगाउँन सबै क्षेत्रले समन्यव गर्नु पर्ने उनले बताए । ‘हामीलाई मूल्य स्थिरता, बाह्य क्षेत्र संतुलन र वित्तीय क्षेत्रको स्थिरता कायम गर्न चुनौती छ । मूल्य स्थिरता, बाह्य क्षेत्रको स्थिरता कायम नराख्दा र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हाँसिल गर्न सकिन्दैन।’
बाह्य क्षेत्रको मन्दी र शिथिलता नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उनको भनाइ छ ।
‘निरन्तर मुल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर बढ्दै गएको छ । सबै निकायहरुले सहकार्य र समन्वय गरेर यो किसिमको चुनौतिलाई परास्त गर्नुपर्ने छ ।’
मूल्य स्थरिता कायम गर्नु गर्न वाह्य क्षेत्रको दबाव कायमै हुँदा वित्तीय स्थीरता कायम समेत चुनौती रहेको उनको भनाइ छ । समाधानका लागि सबै निकाय सहकार्य र समन्वय आवश्यक छ रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्