Shikhar Insurance
National Life

राजनैतिक तरलताले मुलुक श्रीलंका हुन लाग्यो, बचाउन राष्ट्रिय सहमतिको सरकार निर्माण गरौंः युवा संघ नेपाल वरिष्ठ उपाध्यक्ष पौडेल

सिंहदरबार संवाददाता
२०७९ पुष २३, शनिबार २१:२१
Hyundai
NCELL
NIMB

काठमाडौं ।  राजनीतिक तरलताले मुलुक अत्यन्त आर्थिक संकटतिर उन्मुख हुँदै गरेको भन्दै त्यसको तत्काल समाधान खोज्नुपर्ने आवश्यकता सरोकारवालाले औल्याएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रिय परिषद् सदस्य तथा युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष नितेश पौडेलले आफ्नो समाजिक संजाल फेसबुकमार्फत सो चिन्ता व्यक्त गरेका हुन् ।

उपाध्यक्ष पौडेलले राजनीतिक तरलताकै कारणले मुलुक आर्थिक संकटमा धकेलिएको भन्दै समाधानमा सबै राजनीतिक दलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु आग्रह गरेका हुन् । राष्ट्रिय सहमतिको सरकार निर्माण नभए आर्थिक संकट थप भएर निकट भविष्य मै मुलुक श्रीलंका बन्न सक्ने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेल समाजिक संजालमा लेख्छन् – ´मुलुक अत्यन्त आर्थिक संकटतिर उन्मुख छ । राजनीतिक तरलताले संकटमाथि संकट थपिरहेको छ । यस संकट समाधानको अब एक मात्र विकल्प छ । त्यो राजनीतिक संकटलाई सबै मिलेर समाधान गरौं । अहिलेको सरकारलाई सबैले विश्वासको मत दिई राष्ट्रिय सहमतिको सरकार निमार्ण गरौं । आर्थिक संकटको समाधानका लागि साझा एजेण्डाहरु तय गरी श्रीलंका हुनबाट जोगाऔं ।´

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्