काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार ललितपुरमा सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको दुई उपाध्यक्षमा क्रमशः बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा चयन भएका छन् । महासचिवमा भने सिंहदरबार डटकम सञ्चालक नारायण प्रसाद पौडेल सर्वसम्वत निर्वाचित भए । सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सह–सचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल (तारुके) र कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी निर्वाचित भएका छन् ।
त्यसैगरी कार्य समिति सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुभद्रा थापा सर्वसम्मत निर्वाचित भए ।
आर्थिक मिडियाहरुको व्यवसायिक विकास र दक्षता अभिवृद्धिका लागि ६ बर्षअघि स्थापना भएको इम्शनमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए । संस्थाले बिभिन्न खालका आर्थिक विषयमा बहस संचालनका साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ । हाल इम्शनमा विभिन्न विधाका २७ वटा आर्थिक मिडियाहरु आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्