Shikhar Insurance
National Life

तपाई हामीले ‘कामै नलाग्ने’ बनाइदिएको नोटको यसरी बनाइन्छ बिक्रेट, अर्बाै नाेट जलाएर यसरी आगो ताप्ने

(भिडियो सहित)
सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । तपाईं हामीले बोक्ने र प्रयोग गर्ने कागजी मुद्रा (नोट) बनाउन राज्यले अर्बौं खर्च गरिरहेको हुन्छ । अहिले चलनचल्तीमा रहेकाे नाेट छाप्न  राष्ट्र बैंककाे प्रितनाेट १ रुपैयाँ ६८ पैसा देखि ४ रुपैयाँ ६८ पैसासम्म खर्च भइरहेको हुन्छ ।

तर, तपाईं हामी भने यसको जतन गर्दैनौं । फोहोर बनाउछौं, च्यात्छाैं, कामै नलाग्नेसम्म बनाउछौं । टिका–अबिर यसैमा छर्किन्छौं, पानीमा भिजाउछौं ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी हामीले अहिलेसम्म करिब साढे ५ खर्ब ६० अर्ब रुपैयाँ बढी खराब गरिसकेका छौं ।

हुन त, यसो गरेमा कानुनी कारबाहीको व्यवस्था पनि छ । तर, त्यता ध्यानै दिदैनौं । राज्यको सम्पत्ति जोगाउनु हाम्रो दायित्व भएपनि हामी हदैसम्म गैर जिम्मेवार हुन्छौं ।

पुन प्रयोगमा ल्याउन नमिल्ने भएपछि त्यस्तो नोटको व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंककै हो ।

केन्द्रीय बैंकले कसरी गर्छ कामै नलाग्ने स्थितिमा पुगेका मुद्राको व्यवस्थापन ?

भिजेको, गलेको, च्यातिएको, नचिन्ने, झुत्राे भएका नोटहरु पुनः प्रयोगमा ल्याउन मिल्दैन । त्यसलाई नेपाल राष्ट्र बैंकले फेरि प्रयोगमा नआउने गरी सिध्याउँछ ।

यसअघि पुराना नोट जलाउने गरिन्थ्यो । अब भने जलाउने दिनको अन्त्य भइसकेको छ ।

नोटलाई फेरि प्रयोग गर्न मिल्ने बनाउन थालिएको छ, तर मुद्राको रुपमा नभएर इन्धनको रुपमा ।

अब नोटलाई खरानी बनाइँदैन, ब्रिकेट बनाएर दाउरा (इन्धन)को रुपमा प्रयोग गरिन्छ । ब्रिकेट बनाइसकेपछि त्यसलाई बालेर आगो ताप्न पाइन्छ ।

केन्द्रीय बैंकले ३० लाख ५२ हजार ८६९ युरो (करिब ४ करोड रूपैयाँ) हालेर ८ वटा मेसिन खरिद गरेको छ ।

जुन गत वर्षको भदौमा परिक्षण गरेर राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले फागुनमै औपचारीक उद्घाटन समेत  गरिसकेका छन् ।  यस्ता पुराना चलनचल्तीमा ल्याउन नमिल्ने नोट  बाट वार्षिक २ लाख ७५ हजार केजी ब्रिकेट उत्पादन हुने अनुमान गर्दै राष्ट्र बैंकले सोको बिक्रीको लागि बोलकबोल समेत आह्वान गरिसकेको छ ।

ब्रिकेट किन्न इच्छुक खरिदकर्ताले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्नेछन् । खरिदकर्ताले २ हजार रुपैयाँ तिरेर शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ब्रिकेट खरिदका लागि परेका प्रस्तावमा मूल्य प्रतिस्पर्धाको आधारमा विक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

विगतमा अर्बौं रुपैयाँ लगाएर छापेका नोटहरू काम नलाग्ने भएपछि जलाएर नष्ट गरिदै आएको थियो । यसपटक भने नयाँ प्रविधिको प्रयोग गरेर ब्रिकेट बनाएको छ । राष्ट्र बैंकले हाल केन्द्रीय कार्यालयका साथै सबै प्रादेशि कार्यालयमा झुत्रा नोटबाट ब्रिकेट बनाउँदै आएको छ ।

जससँगै सर्वसाधारणले नोट जलाएर आगो ताप्न, सेकुवा पोलेर खान, खाना बनाउन पाइनुका साथै, उद्योग कलकारखानमा समेत इन्धनको रुपमा नोटलाई नै जलाउन पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले पुराना नोटलाई बिक्रेटको रुप दिएर सोको प्रयोग बजारमा उल्लेखित प्रयोजनका लागि गराउने भएको हो ।

हालसम्म चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई राष्ट्र बैंकले परम्परागत तवरले भट्टीमा जलाएर नष्ट गरिरहेको थियो । यसरी नोट जलाएर खरानी बनाउँदा वातावरणलाई समेत नकारात्मक प्रभाव पर्ने भन्दै नोट जलन प्रक्रियालाई आधुनिकिकरण र यान्त्रिकरण गर्ने उद्देश्यले नेदरल्याण्डबाट नोट धुल्याउने मेसिन ल्याएको थियो ।

गत आर्थिक वर्षमै ल्याएको सो नोट धुल्याउने मेसिन बैंक नोट स्रेडिब एन्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) बाट हाल राष्ट्र बैंकले दैनिक हजार केजी बढी बिक्रेट उत्पादन गर्दै आएको छ ।

कसरी बनाइन्छ नोटबाट बिक्रेट?

राष्ट्र बैंकले चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वःचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्दछ ।

बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि जारी गरी सो कार्य अघि बढाइएको हो ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ ।

उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६.६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।

बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने छ ।

राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको छ ।

यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिब एण्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी भएको राष्ट्र बैंकको दावी छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्