Shikhar Insurance
National Life

आँधिखोला लघुवित्तले डाक्यो एजीएम, ३० प्रतिशत बोनस सेयर पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी?

सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार १२:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । लघुवित्तले सेयरधनीहरुलाई माघ १३ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा होटल गाउँवेशीको सभाहल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजे सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि लघुवित्तले माघ ३ गते बुक क्लोज गर्ने भएको छ ।सोहि अनुसारमाघ २ गतेसम्म नेप्सेमा कारोबार भय कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्