Shikhar Insurance
National Life

म्याग्दीमा सिटिजन लाइफले गर्यो १ करोड ५० हजार मृत्यु दावि भुक्तानी

सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ मृत्युदावी रकम भुक्तानी गरेको छ ।

विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो ।

५० लाख रुपैयाँको विमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख रुपैयाँ, दुर्घटना मृत्यु लाभ वापतको रकम र ५० लाख रुपैयाँ र किरिया खर्च बापतको ५० हजार रुपैयाँ गरि एकमुष्ठ १ करोड ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार, २० बर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक बर्ष २ लाख ६५ हजार ३५७ रुपैयाँ प्रिमियम तिर्ने गरि बीमा गरेका थिए । भने, एक बर्षको मात्रै रकम उनले भुक्तानी गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पुर्याउन जरुरी रहेकोमा जोड दिए । ‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’–श्रेष्ठले भने ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्