Shikhar Insurance
National Life

प्रभु र सेञ्चुरी बैंकको ४ दिन सम्पुर्ण कारोबार रोक्का हुँदै, कारोबार खुल्दा २२ अर्बको बैंक हुने

सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकको ४ दिनका लागि सम्पुर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको प्रक्रियामा रहेका यी बैंकहरुले एकिकृत कारोबारका लागि ४ दिन सम्पुर्ण कारोबार रोक्का गरी ‘डेटा माइग्रेशन’ अर्थात् तथ्यांक मिलन गर्न लागेका हुन् ।

यी बैंकहरुलाई गत साताको शुक्रबार राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको थियो । सोसँगै यी बैंकहरुले पुस २६ गतेका लागि एकिकृत कारोबारको मिति तय गरेका छन् । पुस २६ गतेदेखि यी बैंकहरुले ‘प्रभु बैंक लिमिटेड’ को नामबाट एकिकृत कारोबार शुरु गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एकिकृत कारोबार शुरु गर्नु अघि तथांक मिलनको लागि यी बैंकहरुले पुस २२ गते शुक्रबार (आज) राती १० बजेदेखि पुस २६ गते बिहान ९ बजेसम्म सम्पुर्ण कारोबार रोक्का रहेने यी दुबै बैंकले सुचनामार्फत जानकारी गराएका छन् । तोकिएको समयअवधिमा दुबै बैंकको केन्द्रिय कार्यालय, शाखा कार्यालयका साथै, अन्य माध्यमबाट सुचारु हुँदै आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम सेवा लगायत सम्पुर्ण सेवा बन्द रहनेछ ।

एकिकृत कारोबारमा आउने बैंकमा सीईओमा प्रभु बैंकका अशोक शेरचन नियुक्त हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुनेछन् ।

हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्