Shikhar Insurance
National Life

नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ पुष २२, शुक्रबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले लगानीकर्ताहरूलाई माघ १५ गते २७औं वार्षिक साधारण सभा बोलाएको हो ।

इन्सुरेन्सको बिहीबार बसेको सञ्चालको समितिको ४३६औं बैठकले सो मितिमा सभा गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा कम्पनीको हाल कायम चक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख ७८ हजार ७९९ रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने २६ करोड २४ लाख ८१ हजार ८२० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशतका दरले हुन आउने १ करोड ३८ लाख १४ हजार ८३३ रुपैयाँ बराबरको नगद गरी कुल १५.७९५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्