म्याग्दी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । पुस २१ गते बेनी बजार स्थित जिल्ला समन्वय समितिकको कार्यालयमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडरद्धय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, म्याग्दी जिल्लाका जनप्रतीनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, त्यहाँका बैंक तथा वित्तिय संस्थाका कर्मचारी, विभिन्न समूह, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्ताहरु लगायत स्थानीय जनसमुदायको उल्लेख्य उपस्थितीमा भव्य कार्यक्रम सम्पन्न गरेको हो ।
म्याग्दी जिल्लाको बेनी बजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको बीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’–श्रेष्ठले भने ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राखे ।
प्रतिक्रिया दिनुहोस्