Shikhar Insurance
National Life

नेप्सेमा एभरेष्ट बैंकको ४ लाख कित्ता सेयर सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ पुष २१, बिहीबार १६:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको सेयर सूचिकृत भएको छ । बिहिबार बैंकको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

बैंकको अग्राधिकार सेयर साधारण सेयरमा परिवर्तन भएपछि त्यसलाई नेप्सेमा सूचीकरण गराइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार अंकित मूल्य १०० रुपैयाँका दरले बैंकको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । उक्त सूचिकृत सेयर धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने गरी सूचिकरण गरिएको हो ।

नेप्सेको पुस २१ गते बसेको संचालक समितिको बैंठको निर्णय अनुसार सो सेयर सूचिकृत गरेको हो ।

अब नेप्सेमा एभरेष्ट बैंकको  कुल ९ करोड ४६ लाख ७३ हजार ४०३ कित्ता सेयर सूचिकृत भएको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्