Shikhar Insurance
National Life

नेप्से १८ अंकले बढ्दा कारोबार रकम ५ अर्ब माथि, आधा दर्जन कम्पनीको सेयर पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ पुष २१, बिहीबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बिहिबार उतारचढावको बाबजुद पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.९ अंकले बढेर २,१४३.९३ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.६१ अंकले बढेर बन्द भएको हो ।

दिनभरीमा २५९ कम्पनीको १२ लाख ५८ हजार ९८२ कित्ता सेयर ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बुुुधबार नेप्से परिसूचक ६४.८७ अंकले बढ्दा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा  परिसूचक थेरै अंकले बढेपनि कारोबार रकम भने उल्लेख्या बढेको छ ।

कारोबारमा आएको १४७ कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको सेयर मूल्य घटेको छ भने, ४ कम्पनीीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बिहिबार ५ कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । बिहिबार चन्द्रगिरी हिल्स, बुद्धभुमी नेपाल हाइड्रो, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशील लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । बाराही हाइड्रो र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । इस्टर्न हाइड्रो पावर र हिमालयन हाइड्रो पावर कम्पनीको सयर ९.८९ प्रतिशतले बढेको छ भने, बाँकी कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा कम बढेको छ ।

बिहिबार सिटिजन म्युचुअल फण्ड २ का लागनीकर्ताहरुले सबैभन्दा बढी ३.०३ प्रतिशतले सेयर मूल्य गुमाएका छन् ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, रिडी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार, हिमाल दोलखा हाइड्रो पावर कम्पनीको ११ करोड ८४ लाख ७८ हजार, एनआईसी एशीया बैंकको २२ करोड ८४ लाख ४४ हजार र नेपाल रि इन्स्योरेन्सको १० करोड २ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र रहेको छ ।

यसदिन बैंकिङ र अन्य समूहको परिसूचक मध्ये बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी होटल एण्ड टुरीजम क्षेत्रको परिसूचक ५.७५ प्रतिशतले बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्