काठमाडौं । सरकारले तोयम रायालाई अर्थ सचीव बनाएको छ । बुधबार बसेको मन्त्री परिषद बैठकले बाणिज्य सचिव रायालाई अर्थ सचीव बनाउने निर्णय गरेको एक मन्त्रीले बताए । त्यस्तै, राम प्रसाद घिमिरेलाई राजस्व सचीव बनाईएको छ ।
रायासँग सीडियो, भन्सार बिभागको महानिर्देशकको अनुभव छ । उनले सचिवका रुपमा प्रदेश १ को प्रमुख सचिव, श्रम मन्त्रालयको सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गरिसकेका छन् । रायालाई निजामति प्रशासन भित्र एमाले क्याडरका रुपमा चिनिन्छ । घिमिरे यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए ।
प्रतिक्रिया दिनुहोस्