Shikhar Insurance
National Life

अर्थमन्त्रीलाई भेटेर जीवन बीमक संघले भन्योः हाम्रो निक्षेपमा २ प्रतिशत कम ब्याज किन ?

सिंहदरबार संवाददाता
२०७९ पुष २१, बिहीबार ११:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन बीमा कम्पनीका सिईओहरुको संस्था जीवन बीमक संघले अर्थमन्त्री बिष्णु पौडेललाई भेटेर आफुहरुलाई संस्थागत निक्षेपकर्ता समुहबाट हटाउन माग गरेको छ । संघका अध्यक्ष पोषक राज पौडेल नेतृत्वको टिमले उप प्रधान तथा अर्थमन्त्री पौडेललाई भेटेर बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको समुहबाट हटाउन माग गरेको हो । हाल नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप कर्ताहरुलाई साधारण निक्षेपकर्ताको भन्दा २ प्रतिशत कम ब्याज दिनुपर्ने नियम बैंक तथा वित्तिय संस्थाहरुलाई लगाईदिएको छ । राष्ट्र बैंकको सोही नीतिका कारण जीवन बीमा कम्पनीहरुको आम्दानीमा नकारात्मक प्रभाव पर्दै आएको छ ।

कुल निक्षेपमा जीवन बीमा कम्पनीहरुको हिस्सा करिब ४ खर्बको हाराहारीमा रहेको छ । ‘हामीले अर्थमन्त्रीज्यूलाई भेटेर जीवन बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको समुहबाट हटाएर साधारण निक्षेपकर्तालाई जति नै ब्याज दिन व्यवस्था मिलाउन आग्रह गर्यौं’, जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले सिंहदरबारसँग भने । जीवन बीमा कम्पनीहरुले गाउँ गाउँमा पुगेर बीमा मार्फत अनौपचारिक रुपमा रहेको अर्थतन्त्रलाई औपचारिक बनाउने भूमिका निर्वाह गरिरहेको तथ्य समेत अर्थमन्त्रीलाई सुनाएको बताए ।‘हामी गाउँ गाउँमा पुगेर निक्षेप संकलन गर्छाै, हाम्रो आम्दानीको ९० प्रतिशत हिस्सा बीमितलाई बोनसका रुपमा जान्छ, अनि हामीले राख्ने निक्षेपको ब्याज २ प्रतिशत कम कसरी बनाउन मिल्छ ? भनेर अर्थमन्त्रीसँग भनेका छौं’, अध्यक्ष पौडेलले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघले बीमा गराउँदा प्राप्त हुने कर छुटको दायरालाई पनि बढाउनुपर्ने माग राखेको छ । संघले बीमा गराउँदा २ लाख रुपैयाँसम्म कर छुटको सुबिधा प्राप्त भएमा बीमाको दायरा पनि बढ्ने र औपचारिक अर्थतन्त्र निर्माणमा पनि सहयोग पुग्ने सुझाव मन्त्रीलाई दिएको हो । बैंकिङ क्षेत्रको पहुँच भर्खर दुई तिहाई नागरिकमा पुगेको बताउँदै उनीहरुले अब बीमा कम्पनीहरुले गाउँ गाउँमा बीमा साक्षरता सञ्चालन गरेर औपचारिक अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका निभाउन थालिसकेको उनीहरुले बताएका थिए । मन्त्री पौडेललाई भेट्न संघका निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ, अध्यक्ष पोषक राज पौडेल, महासचिव प्रकाशविक्रम खत्री र कोषाध्यक्ष दिनेशलाल श्रेष्ठसहितको टोलीले गएको थियो ।

टिमसँग कुरा गर्छुः अर्थमन्त्री पौडेल
जीवन बीमक संघका पदाधिकारीहरुसँगको भेटमा उप प्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । मन्त्री पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन र गरिबी न्युनीकरणमा बीमा कम्पनीहरुले योगदान दिईरहेकोमा धन्यवाद समेत दिएका थिए । उनले बीमा गराउँदा नागरिकको वित्तिय जोखिम हस्तान्तरण हुने र कुनै आपत विपत आईपर्दा पैसाको अभावमा थप गरिबीको चक्रमा फस्न नदिने काम बीमा कम्पनीहरुले गरिरहेको धारणा राखेका थिए ।

मन्त्री पौडेलले संस्थागत निक्षेपको ब्याजदरमा २ प्रतिशत कम गरिएको बिषयमा आफ्नो टिमसँग छलफल गर्ने आश्वासन समेत दिए । मन्त्री पौडेलले बीमा गराउँदा प्राप्त हुने कर छुटको सिमा बढाउनेबारे बजेट बनाउँदा बिशेष ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्