Shikhar Insurance
National Life

सुनकोसी गाउँपालिकामा विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी जडान

सिंहदरबार संवाददाता
२०७९ पुष २०, बुधबार १६:४३
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । सेवालाई गुणस्तरीय बनाउन भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । विद्यालय तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि सुनकोसी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो ।

गाउँपालिका मातहतका विद्यालय र कार्यालयमा सुशासन र सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालय, १० स्वास्थ्य चौकी, सात वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गरी पहिलो चरणमा २९ कार्यालयमा मेसिन जडान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्को चरणमा गाउँपालिकाभित्रका आधारभूत विद्यालयमासमेत यस्तो मेसिन जडान गरिने अध्यक्ष तिमिल्सिनाले बताए । स्थानीयबाट दैनिक रूपमा सङ्कलन भएको करलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाले माघ महिनादेखि सातै वडा कार्यालय र गाउँपालिकामा विद्युतीय बिलिङप्रणाली जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्