Shikhar Insurance
National Life

भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

सिंहदरबार संवाददाता
२०७९ पुष २०, बुधबार १६:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।

मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरि मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ  । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्युआर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश ५ क्लस्टर ए का प्रमुख नारायण के.सी मार्फत भैरबनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद पोखरेलाई संयुक्त रुपमा हस्तान्तरण गरे । सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गईरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्