Shikhar Insurance
National Life

नेप्से परिसूचक २१ सय विन्दु माथि, ८ कम्पनीको सेयर पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ पुष २०, बुधबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार ३.०३ अंकले घटेर बन्द भएको नेप्से बुधबार सर्वाधिक अंकले बढेको हो ।

बुधबार नेप्से परिसूचक ६४.८७ अंक अर्थात ३.१५ प्रतिशतले बढेर २,१२५.९४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अंक अर्थात ३.५७ प्रतिशतले बढेर ४०८.७२ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन अर्थात मंगलबार ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएको २०७ कम्पनीको सेयर मुल्य बढेको छ । भने, ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबार नेप्से परिसूचक ६३ अंकले बढ्दा ८ कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रडिङ, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नेरुडे लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कालिका पावरको ९.९९ प्रतिशत र आरएसडीसी लघुवित्तको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो । भने, नेपाल एसबीआई बैंकको डिबेन्चर२०८६ को मूल्य सबैभन्दा बढी १.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । साथै, सानिमा माई हाइड्रो पावर कम्पनीको १० करोड ८७ लाख २९ हजार, नेपाल टेलिकमको १० करोड ४ लाख ३१ हजार, नेपाल रि इन्स्योरेन्सको ९ करोड ७३ लाख ४८ हजार र हिमाल दोलखा हाइड्रो पावर कम्पनीको ८ करोड ४० लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्