Shikhar Insurance
National Life

हल गोरु पाल्ने किसानलाई नगरपालिकाले १० हजार अनुदान दिने

सिंहदरबार संवाददाता
२०७९ पुष २०, बुधबार १२:२८
Hyundai
NCELL
NIMB

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थिले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्