Shikhar Insurance
National Life

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

सिंहदरबार संवाददाता
२०७९ पुष १९, मंगलवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक ३.०३ अङ्कले ओरालो लागेर २०६०.०६ को विन्दुमा बन्द भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले ओरालो लागेर ३९४.६२ मा सीमित भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार भएका कूल १३ उपसमूहमध्य नौ उपसमूहको सेयर मूल्य घट्दा आउँदा चार उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ ।

यस्तै, एक सय दुई कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता सेयर ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भयो ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ बराबरको कारोबार भयो ।
एनआइसी एशिया बैंक रु नौ करोड ६६ लाख ९५ हजार, सानिमा बैंक ९ करोड ४९ लाख १२ हजार आठ सय १४, हिमाल दोलखा हाइड्रोपावर ८ करोड १७ लाख ९४ हजार चार सय ५२ र नेपाल पुनरबीमा कम्पनी ८ करोड ३ लाख ४२ हजार आठ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेत गङ्गा हाइड्रोपावर,धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स छन् । यस्तै, नेरुडे लघुवित्तको सेयर मूल्य ७.७३ प्रतिशतले बढेको छ ।

त्यस्तै, विन नेपाल लघुवित्त ५.५९, बोटलर्स नेपाल तराई लघुवित्त ५.५४, दोर्दी खोला जलविद्युत् ३.४४, पिपुल्स पावर कम्पनी ३.४० र हिमालयन बैंकको सेयर मूल्य ३.३२ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्