Shikhar Insurance
National Life

रिलायन्स लाइफको नयाँ बोनस दर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने

सिंहदरबार संवाददाता
२०७९ पुष १९, मंगलवार १४:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १७ गते स्वीकृत भएको हो ।

नेपाल बीमा प्राधिकरणले बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत दिएसँगै इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) सम्पूर्ण बीमालेखहरुमा लागू हुने गरी बोनसदर घोषणा गरेको हो । कम्पनीले जारी गरेको बोनस दर अनुसार बीमितले प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ पाउने छन्।

बीमितले कम्पनीको सार्वाधिक बीमा योजना अन्तरगत ९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ बोनस दर तोकिएको छ। १० देखि १४ वर्ष अवधिसम्म ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिका लागि ३५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ बोनस दर छ।

कम्पनीले यस बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सार्वाधिक तथा आजीवन बीमा योजना अन्तर्गत बीमा अवधिअनुसार न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा इन्स्योरेन्सले २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीको अग्रिम भुक्तानी सार्वाधिक बीमा योजनामा न्यूनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम ७५ हजार रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

बीमितले कम्पनीको वार्षिक अग्रिम भुक्तानी–मुद्दती नियमित शुल्क बीमा योजनामा सबै बीमा अवधिमा प्रतिहजार ४२ रुपैयाँ बोनसदर पाउने भएका छन् ।

यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी–मुद्दती एकल बीमाशुल्क बीमा योजनामा सबै बीमा अवधिका लागि ५४ रुपैयाँ, सामुहिक सावधिक बीमा योजनामा अन्तर्गत सबै बीमा अवधिमा प्रतिहजार १९ रुपैयाँ र सीमित भुक्तानी सावधिक बीमा योजनाा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

मृत्यु दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा समेत माथि उल्लेख गरिएको बोनसदर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार अर्को बीमाङ्कीय मूल्याङ्कनअनुसार बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म दाबीहरुमा समेत यहि बोनसदर लागू हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्