Shikhar Insurance
National Life

मोलुङ्ग हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०७९ पुष १९, मंगलवार १२:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आज (पुस १९ गते मंगलबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड २ लाख २५ हजार बराबरको सेयर बिक्री खुला गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २ हजार ५ सय कित्ता सेयर स्थानीयलाई निष्काशन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर पनि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्