काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको आज(पुस १९ गते) बसेको बैठकले उक्त स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको स्वीकृतिसँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको छ ।
दुवै बैंकले पुस २९ गतेदेखि एकीकृत कारोबार कारोबार शुरु गर्ने तयारी गरेका छन् ।
दुुई बैंकबीच गत साउन १५ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । प्रभुले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गर्न लागेको हो ।
सेञ्चुरीलाई प्राप्ति गरेपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुने समझदारी भइसकेको छ ।
प्राप्तिपछि प्रभु बैंककै सीइओ अशोक शेरचन र अध्यक्ष रहने छन् भने सेञ्चुरीबाट वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने र सञ्चालक समितिमा ३ जना समावेश हुने छन् ।
हाल प्रभु बैंकको चुुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । दुई बैंक मर्जरपछि बैंकको कूल चुक्ता पूँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्