Shikhar Insurance
National Life

नबिल बैंकका ग्राहकलाई मिडास ई–क्लासमा विशेष छुट

सिंहदरबार संवाददाता
२०७९ पुष १८, सोमबार १९:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठन सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्ने भएका छन् । आज नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच नबिलका ग्राहकहरूलाई मिडास ई–क्लासका पठनपाठन सामग्रीहरूमा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नबिलका ग्राहकहरूले मिडास ई–क्लास १ वर्षको शिक्षण र सिकाउने सफ्टवेयर ८ सय रुपैंयामा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले मिडास ई–क्लास सँगको समझदारीको मुख्य उद्देश्य भनेको खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ ।

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरू अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्