Shikhar Insurance
National Life

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७९ पुष १८, सोमबार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताएका हुन् । उनले आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताए ।

उनले भने, “हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली नागरिकको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । हामीले ठिक गरेका छौँ । दृढताका साथ उभिएका छौँ । हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास सफल हुन नसक्दा नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिए । सोमबारदेखि सुरु भएको बैठकमा चुनावको समीक्षा, पार्टीको भावि नीति र कार्यक्रमबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्