Shikhar Insurance
National Life

समृद्धि फाइनान्स र बाराही हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ पुष १८, सोमबार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । बाराही हाइड्रोपावर कम्पनीले सर्वसाधारण का लागि निष्काशन गरेको सेयर(आईपीओ) र समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

बाराही हाइड्रोपावरको २५ लाख कित्ता सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले सर्वसाधरणको लागि निष्काशन गरेको ७ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १८ लाख कित्ता सहित २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा मंगलबार देखि कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको सेयरलाई बिएचपीएल कारोबार संकेत प्रदान गरेको छ ।

त्यस्तै, समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

उक्त हकप्रद सेयर हितग्राहीको खातमा आएपछि दोस्रो बजारमा खरीदविक्री गर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्