काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले माघ ९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ। सोहि अनुसार पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्