काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पर्वी नेपालका बिभिन्न शहरहरुमा अभिकर्ता सम्मान तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । कम्पनीले झापाको बिर्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम गरेको हो ।
जनमानसमा बिमाको महत्व, बिमा दावी भुक्तानी लगाएतका महत्वपूर्ण विषयहरुमा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले प्रशिक्षण दिएका थिए । साथै, उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्