Shikhar Insurance
National Life

८८.४५१६८%हकप्रद सेयर जारी गर्न एलआईसी नेपालले डाक्यो बिशेष साधारण सभा, एक अर्ब २९ करोड एफडीआई भित्रिने

सिंहदरबार संवाददाता
२०७९ पुष १८, सोमबार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । एलआईसी नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न कम्पनीले १ः०.८८४५२६८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले यसअघि पुँजी वृद्धि सम्बन्धी प्रस्ताव बुझाउँदा नै हकप्रद सेयर जारी गर्ने भनेको थियो ।

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गरि बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गराउनका लागि माघ ३ गते बिशेष साधारण सभा बोलाएको छ । कम्पनीका चुक्ता पुँजी हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो पुँजीको ८८.४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम(एलआईसी)को ५५ प्रतिशत, बिशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ । हकप्रद सेयर जारी गर्ने अनुमति प्राप्त गरेको खण्डमा एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम(एलआईसी)ले एक अर्ब २९ करोड ७ लाख ४० हजार रुपैयाँ लगानी थप्नेछ । एलआईसी नेपालमा लगानी थप्न एलआईसी इण्डियाले सहमति दिईसकेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्