पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।
विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आइतबार बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुगेका हुन् । उनको साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि छन् ।
पर्यटकिय राजधानी बनाउने माग
पोखरा महनागरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा उनले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव महानगरको तर्फबाट पास भइसकेको भन्दै सरकारले यसलाई औपचारिक रुपमा घोषणा गर्नुपर्ने माग गरेका हुन् ।
‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, अब अन्तर्राष्ट्रिय उडानमा पहल गरौं, हाम्रो तर्फबाट व्यवस्थापनको काम हामीले सम्पन्न गरेका छौं, यसलनई पर्यटकिय राजधानी बनाऔं’, मेयर आचार्यले भने ।
प्रतिक्रिया दिनुहोस्