Shikhar Insurance
National Life

सन् २०२३ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य कति?

सिंहदरबार संवाददाता
२०७९ पुष १७, आईतवार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सन् २०२३ को पहिलो कारोबारको दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मुल्य निर्धारण गर्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्