Shikhar Insurance
National Life

हेटौँडा उपमहानगरको बजेट संशोधन गरी ३ अर्ब ५ करोड पुर्याइयो

सिंहदरबार संवाददाता
२०७९ पुष १५, शुक्रबार १५:१७
Hyundai
NCELL
NIMB

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटौँडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी ३ अर्ब ५ करोड रुपैयाँ पुर्याइएको छ ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँद्वारा सो बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिइएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत असारमा सम्पन्न ११औँ नगर परिषदद्वरा चालू आवका लागि २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट पारित गरिएको थियो । तर अघिल्लो आर्थिक वर्षको ३७ करोड रुपैयाँभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उनले बताए ।

बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण प्रस्तुत गरिएको थियो ।

चालू आवको मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारबाट समानीकरण तथा ससर्त अनुदानतर्फ ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ३७ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाँटतर्फ ६ करोड ७ लाख ६८ हजार रुपैयाँ र आन्तरिक स्रोततर्फबाट ८७ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको उपप्रमुख बानियाँले जानकारी दिए । साथै उपमहानगरपालिकाले २ सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौँडा-१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो । प्रथम र द्वितीय वडालाई क्रमशः २० लाख रुपैयाँ र १५ लाख रुपैयाँ बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो ।

उक्त अवसरमा प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्