Shikhar Insurance

एनसीएचएल ‘दि एचआरएम अवार्ड फर कर्पाेरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित

सिंहदरबार संवाददाता
२०७९ पुष १५, शुक्रबार १३:०४
NIMB
Nabil Bank

काठमाडौं । कर्पाेरेट क्लब नेपालद्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको ‘दि एचआरएम अवार्ड फर कर्पाेरेट एक्सेलेन्स २०२२’ अन्तर्गत फाइन टिचको विधामा यस वर्ष नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) लाई अवार्ड प्रदान गरी सम्मानित गरिएको छ ।  पुस १४ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट, संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो ।

डिजिटल रुपान्तरणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तरर्बैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस, कनेक्ट आरटिजिएस,  एनपीआई, कर्पाेरेट पे, रिटेल पेमेन्ट स्विच, नेपाल पे क्यूआरलगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्याउदै आएको छ ।

‘दि एचआरएम अवार्ड फर कर्पाेरेट एक्सेलेन्स २०२२’ ले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित समेत गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्