Shikhar Insurance

अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७९ पुष १५, शुक्रबार १३:३९
NIMB
Nabil Bank

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्र्व थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नवनियुक्त माननीय उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसंग बिहिबार भेटवार्ता गर्दै अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेका छन् ।

उक्त भेटघाट तथा छलफलमा माननीय उपप्रधान मन्त्री तथा अर्थ मन्त्री पौडेलले मैलै अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको छु भन्दै अटोमोवाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । सोहि क्रममा उनले अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै अटोमोवाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गरे ।

Citizen Life
Kumar Bank

सो भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका थिए भन्दै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो व्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण पहिल्यै देखि प्रताडित भएको अटोमोवाइल व्यवसायलाई झनै कठीन अवस्थामा पुर्याएको कारण व्यवसायीहरु आफ्नो व्यवसायबाट नै पलायन भईरहेकोले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

सोही क्रममा अध्यक्ष थापाले बढदो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको खरिद ऋण प्रवाह गर्ने प्रक्रियामा लोन भ्यालु रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई बर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका थिए ।

उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्