Shikhar Insurance

हुन्डाइ कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’-सुपथ मूल्यमै हेभि एक्जाभेटर

सिंहदरबार संवाददाता
२०७९ पुष १५, शुक्रबार १२:५५
NIMB
Nabil Bank

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ ।

ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank

यसअघि ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका छन् ।

‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि रहेको छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था छ ।

यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौं, हेटौँडा र बुटवल सोरुममा उपलब्ध छन् । ग्राहकले आफुलाई सहज हुने योजना अनुसार लागत भुक्तानी गरि उपकरणहरू खरिद गर्न सक्नेछन् ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्