Shikhar Insurance
National Life

चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

सिंहदरबार संवाददाता
२०७९ पुष १४, बिहीबार १९:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल सुरु गरेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गर्दै पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भन्सारको सहजीकरण गरेर राजस्वको दायरा फराकिलो बनाउनुपर्ने, वस्तुहरूको आयात निर्यातमा कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । उनले भने, “भन्सार प्रक्रियामा सन्दर्भ मूल्य कायम हुँदा यसले राजस्व प्रभावित भएको छ । अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ । सरकारको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ ।”

अध्यक्ष मल्लले सीमा नाकामा हुने अवैध कारोबार रोकेर भन्सार प्रणालीलाई व्यवस्थित गर्न नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष आग्रह गरे । नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको “चालु पूँजी कर्जा मार्गदर्शन २०७९” ले विद्यमान तरलता अभावको परिस्थितिमा व्यावसायिक क्षेत्रमा थप असहज परिस्थितिमा सिर्जना गरेकाले सो मार्गदर्शन स्थगित गर्नुपर्ने चेम्बरको माग छ । चेम्बरले उठाएको माग सम्बन्धमा आफू गम्भीर भएको अर्थमन्त्री पौडेलले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्